काठमाडौं । यूरोपीय देश पोल्याण्डमा पहिलाको भन्दा कडा कानून अदालतले पारित गरेपछि महिलाहरु सडकमा उत्रिएका छन् । एकैदिन त्यहाँ सडकमा ३० हजार भन्दा धेरै महिला प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरुले बिहीवार कोर्ट बाहिर र सत्तारुढ पार्टीका नेताहरुको घरको बाहिर प्रदर्शन गरेका हुन् ।
महिलाले गर्भपातलाई संवैधानिक गर्न माग गरेका छन् ।
महिलाहरुले भने, गर्भ हाम्रो, ‘यो माथि अधिकार पनि हाम्रो हुनपर्छ, यसमा कोर्ट वा राजनीतिक दलको फैसलाको दबाव किन ? हामीालई यस कानूनबाट छुटकरा दिनुपर्छ ।’
पोल्याण्डको गर्भपतनको कानून १९९३ मा पारित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया