काठमाडौँ । अहिले देशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली भइ तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा भारतको राजस्थान र आसाम तथा आसपासका क्षेत्रमा बनेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का हिमापातको संभावना रहेको छ।
यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया