बेलायतमा भेटिएको नयाँ स्ट्रेनको कोरोना ७० देशमा पुग्यो : डब्ल्यूएचओ

काठमाडौं । बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ७० वटा देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ ।

यो भ्यारिएन्ट पहिलेको भन्दा ७० प्रतिशत धेरै खतरनाक रहेको बताइएको छ ।

यस बारेमा डब्ल्यूएचओले साप्ताहिक रिपोर्ट जारी गरेको छ ।

यसलाई बी १.१.७ वा भीओसी २०२०१२/०१ नाम दिइएको छ ।यो केस बेलायत, डेनमार्क र आयरल्याण्डमा कमी हुँदै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?