होसीयार ! साँझमा सवारी चलाउँदा ध्यान दिनैपर्छ केहि कुरा

लोकपथ
0
Shares

काठमाडौं – हुन त सवारी साधन चलाउँदा जुनसुकै अवस्था समय र वेला पनि ध्यान दिनुपर्छ । तर सवारीसाधन चलाउँदा त्यस्ता केहि समय जुनबेला एकदमै ध्यान दिनुपर्छ । जसका कारण दुर्घटना हुनबाट बच्न र अरुलाई बचाउन सकिन्छ ।

यस्ता छन् सवारी चालकको लागि टिप्स :
सवारीको कन्डिसन ठिक छ कि छैन बुझेर चेक गरेर मात्रै सडकमा निस्कनुहोस् ।

साँझमा दृश्य स्पष्ट नहुने भएको कारण बिस्तारै हाँक्नुहोस्

पैदल यात्रुले कन्टास नहुने कपडा लगाएका कारण तपाईलाई परबाट देख्न असहज हुन्छ । यसमा सदैव होसीयार हुनुहोस् ।
साँझमा पिक आवर पनि हुने कारणले मानिसको भिडभाड र सवारीको बाक्लो संख्या हुने भएको कारणले यसमा पनि सचेत रहनुहोस् ।

साँझको समयमा अझ बढी ध्यान एकिकृत गर्नुहोस् । तपाईको आँखा जहाँ पर्छ स्वभाविक रुपमा ध्यान पनि त्यही पुग्छ तर सवारी हाँक्दा गफ गर्ने, दायाँबायाँ बसेका चालकसँग कुराकानी गर्ने, मोवाइल चलाउने, वा फोनमा गफिने, म्यासेज गर्ने, हेर्ने लगायत काम गर्दा दुर्घटना हुनसक्छ । यस्तो नगर्नुहोस् । आफ्नो लिमिटलाई गुडाइरहेको सडकको बारेमा ध्यान दिऔँ ।

निद्रा नपुगेको, थाकेको, अल्छी लागेको, चिन्ता परेको समयमा सवारी चलाउनु हुँदैन। अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारणले हुने गरेका छन्। त्यसकारण चालकले आफू हरहिसाबले जोखिम लिनु हुँदैन।

सवारीमा ‘फिक्स्ड’ गरिएका ऐना मिलाउनुहोस् आफ्नो ड्राइभिङ सिट केहि तल राख्नुहोस् सिट माथी उठाएर राख्दा गाडीको स्पिड धेरै भएपनि चालकलाई कम लाग्न सक्छ। सडक बत्तिमा पनि ध्यान दिनुहोस् ।

बरु १० मिनेट छिटो निस्कनुहोस् तर गन्तव्यमा छिटो हतार गरेर दौडदा जथाभावी ओभरटेक गरेर हिँड्दा दुर्घटना पर्न सक्छ ।

ठूला सवारी हाँक्नेहरुले दायाँबायाँ हेर्नुपर्छ ।

बाइक चलाउँदा ख्याल गर्नुस् यी कुरा :
आकर्षक होईन, बलियो हेल्मेट लगाऔँ

बाइकको स्पिडलाई ध्यान दिऔं

दुबै ब्रेक लगाउन सिकौं

सुरक्षित दुरीमा बस्ने

सिंग्नलको प्रयोग गरौं

कहिलेकाहीँ अरुको कारणले पनि दुर्घटनामा पर्न सकिन्छ। यसप्रति सचेत हुनुपर्छ। आफू राम्रो सवारी चलाउँछु भन्नेमा ढुक्क भएर मात्र पनि पुग्दैन।

सावधान ! जाडोयाममा दुईपांग्रेमा हुँइकिदा गर्नुपर्छ १३ तयारी

सडक सबैको साझा सम्पत्ति हो । कसैको हँकाई जाँच्न, कतिको डराउँछ भनेर आत्मविश्वास जाँच्न लेन मिचेर, अरुलाई धक्का दिने गरी, मोटरसाईकल दौडाउनेहरु पनि उत्तिकै छन् । यदि तपाईले जानाजान यी यस्ता किसिमका हर्कत गरेर अरुलाई दुख दिने, लडाईदिने, तर्साउने क्रियाकलाप गरिरहनुभएको छ भने सावधान ! तपाईको हँकाईले अर्को व्यक्तिलाई बाधा पर्नु वा दुर्घटना हुनु भनेको तपाई अपराध गरिरहनुभएको छ ।

आफ्नो सवारी कन्डिसनमा छ कि छैन अवस्था बुझ्नुपर्छ ।

बाक्लो, न्यानो, दाँयाबाँया गर्न उपयोगी हुने वाटरप्रुफ, हावा सहजै नछिर्ने किसिमको कपडा लगाउनुपर्छ ।

हातमा पुरा औँला छोप्ने पन्जा प्रयोग गर्नुपर्छ ।

सहज हुने तर न्यानो खालको जुत्ता लगाउनुपर्छ । छालाको जुत्ता सकभर लगाउनु हुन्न ।

महिलाहरुले एक हातमा मात्रै भिर्ने किसिमको ब्याग बोक्नु हुन्न । साईड ब्याग बोक्दा राम्रो हुन्छ ।

न्यानो खालको मफलर लगाएर घाँटीलाई चिसोबाट जोगाउनुपर्छ ।

चिसोमा हुस्सु लाग्ने हुँदा फग लाइट बाल्नुपर्छ ।

कुहिरो र हुस्सुले निस्पट्ट अध्यारो छ भने साईड लाईट पनि बाल्न सक्नुहुन्छ ।

तुलनात्मक रुपमा स्पीड कम गर्नुपर्छ ।

ओभरटेक गर्दा निकै ख्याल गर्नुपर्छ ।

ठूला सवारीको बिचमा घुस्ने काम गर्नुहुँदैन ।

हिउँ परेको बेला सवारी हाँक्दा चिप्लने र आउट अफ कन्ट्रोल हुने हुँदा विचार पुर्याउनुपर्छ ।

सडकमा हिड्दा म मेरो कारण कुनैपनि हानी नोक्सानी र क्षति पुर्याउँदिन भन्ने मनोभाव राखेर हिड्नुपर्छ ।

आफू पनि बचौँ अरुलाई पनि बचाऔँ ।

हेल्मेट कस्तो छ तपाईको ?

त्यसमाथि दुईपांग्रे सवारी चालकका लागि अनिवार्य सर्त हो – हेलमेट । हेलमेट चालकको टाउकोको सुरक्षाका लागि निकै महत्वपूर्ण मानिन्छ । त्यसैले दुईपांग्रे सवारी साधन चलाउनेका लागि हेलमेट अनिवार्य छ । तर हामीमध्ये धेरैजसो ट्राफिक नियमको पालना गर्नका लागि मात्रै हेलमेट लगाउने गर्छौ ।
यसैको कारण हुनसक्छ दुईपांग्रे सवारी चलाउनेहरुमा नेपालमा सस्तो हेलमेट प्रयोग गर्ने बानी नै बसेको छ । सस्तो हेलमेट यहाँ यसअर्थ भनिएको हो, कि यसमा गुुणस्तरीयता कमै हुन्छ । नेपालमा ५ सयदेखिकै हाराहारीम हेलमेट पाइन्छ । तपाईहामीमध्ये धेरैलाई यो कुरा थाहा छैन कि, हामी दुुई पांग्रे सवारीसाधन प्रयोगकर्ताले कतिसम्म लापरबाही गरिरहेका छौँ ।
हो, धेरैजनाले प्रयोग गर्ने हेलमेट गुुणस्तरशुन्य हुन्छ । टाउकोको सुुरक्षा त यो हेल्मेटले गर्दैन नै साथमा आँखा पनि नदेख्ने बनाउँछ । गुुणस्तरिय हेल्मेटको प्रयोग गरि मोटरसाइकल तथा स्कुटर चलाएको खण्डमा दुर्घटनाबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न सकिने विज्ञहरु बताउँछन् ।

मोटरसाइकल वा दुईपांग्रे सवारीको दुर्घटनाको समयमा राइडरलाई सबैभन्दा पहिले टाउकोमा चोट लाग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । मानव शरिरको सबैभन्दा संवेदनशील अंग टाउकोमा गहिरो चोट लाग्दा मानिसको ज्यान जाने संभावना उच्च हुन्छ । यस्तो अवस्थामा सुरक्षित र गुणस्तरिय हेल्मेट प्रयोग गरियो भने टाउकोमा हुने चोटका कारण मानिसको ज्यान जोगाउन सकिन्छ । त्यसैले हेल्मेटलाइ राइडरको सुरक्षा कवच मानिन्छ ।

गुणस्तरिय हेल्मेट कसरी छान्ने ?

सामान्यतया सबै हेलमेटको बाहिरी सिल कडा हुनुपर्छ ।

सो सिल भेन्टीलेटर, कम्फर्ट र सहि सेपको हुनुपर्छ।

त्यसको आउटर प्याड सुरक्षित हुनुपर्छ।

घस्रिदा तथा लड्दासमेत नकोरिने खालको हुनुपर्छ ।

हेल्मेटको अप एण्ड डाउन भिजन र होरिजेन्टल पनि गुणस्तरीय हुनुपर्छ ।९आफ्नो टाउकोको आकारअनुसार फिट हुने हेलमेटको प्रयोग गर्नुपर्छ ।

नक्कली हेलमेट पनि बजारमा पाइने हुँदा कुन देशको कुन कम्पनीको हेलमेट कुन गुणस्तरको हुन्छ भन्नेमा चनाखो रहनुपर्छ ।
हेल्मेट लगाउँदा कुनै आवाज आउँछ कि आउँदैन त्यो कुरामा ध्यान दिनुपर्छ ।

फोटोमा हेर्नुहोस् तपाईको हेल्मेटमा यस्तो छ ?

यदि तपाईँले लगाउँदै गरेको हेल्मेट गुणस्तर युक्त छ भने त्यसबाट हेल्मेट लगाउँदै गर्दा कुनै आवाज निस्किन्छ । गुणस्तरहिन छ भने उक्त हेल्मेटबाट आवाज निस्कदैन।

प्रयोगकर्ताले सुरक्षित रहन के कुरामा ध्यान दिने ?

आफूले प्रयोग गर्दै आएको हेलमेट लामो समयसम्म नधुँदा कपाल झर्छ, छालामा एलर्जी आउँछ, टाउको चिलाउँछ । शारिरिक मात्र नभइ मानसिक रुपमा पनि स्वस्थ रहन आफूले लगाउने कपडाझैँ हेलमेटको भित्रीभाग निकालेर समय समयमा राम्रोसँग धुनुपर्छ ।

दुईपांग्रे सवारी चालकका १२ गल्तीहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

ओभरस्पीड हतारमा हाँक्नु ट्राफिक प्रहरीको निकै पुरानो एउटा स्लोगन छ, ‘बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न ‘। सम्भवत सबैलाई थाहा छ यो स्लोगान । तर यो कुरा मनन गर्ने कमै छन् । अधिकांश दुर्घटनाको कारण हुन्छ चालक हतारमा हुनु । हो, समय हुनुजेलसम्म हामी आराम गर्छौ । गन्तव्यको बारेमा सोच्दैनौँ , जब सडकमा निस्कन्छौँ तब हामीलाई सबैभन्दा पहिले पुग्नुपर्छ । रोड मेरो हो भन्ने भाव हामीमा आउँछ । यो चालकको पहिलो गल्ती हो । त्यस्तै बाटोको अवस्था नहेरी मनलाग्दी स्पीड बटार्नु पनि दुर्घटनाको कारण बन्छ । बिग्रेका बाटो, भर्खरै खनिएका बाटो, निर्माणाधीन सडक, चिप्लो बाटो, माटो थुप्रिएको बाटो, व्यस्त सडक , हाईवे, सब वे, विद्यालय क्षेत्र, बस्ती क्षेत्र आदीबरे चालकले खासै ध्यान नदिएर मनलाग्दी दौडीँदा पनि दुर्घटना भइरहेको ट्राफिक प्रहरी बताउँछ ।

लेन मिच्नु
अनावश्यक ओभरटेक गर्नु अरु सवारीलाई जित्नैपर्छ भन्ने भाव राखेर हाँक्नु

अनावश्यक हर्न बजाउनु

बच्चालाई अगाडी राखेर हाँक्नु वा दुई जनाको बिचमा बच्चालाई राखेर हाँक्नु

ओभरलोड गर्नु सामान ओसारपसार गर्नु

स्टप जोन, जेब्राक्रसिङ स्पीड ब्रेकरबारे जानेर पनि साबधानी नअपनाउनु

मोबाईलमा गफिँदै हिड्नु, बाईकमा सँगै रहेका साथी सँग गफिएर सडकमा ध्यान केन्द्रित नगर्नु

तनावमा सवारी हाँक्नु

एम्बुलेन्स दमकल वा अत्यावश्यक सवारीको पछीपछि कुद्नु

मापसे गरी सवारी चलाउनु

सवारी चेकजाँच नगर्ने, हेल्मेटविना बाईक हाँक्ने, कागजपत्र नबोक्ने, बिनालाईसेन्स सडकमा हाँक्नु

 

हरेक वर्ष हजारौँ नेपालीहरुले सडकको सही प्रयोग गर्न चुकेका कारण मृत्युवरण गर्न परेको तथ्यांकले देखाउँछ । मृत्यु अवश्यम्भावी छ । तर ‘हतारमा लतार’ भनेझैँ आफ्नै कारण निम्तने यस्ता दुर्घटनाले हामीलाई अंगभंग बनाउन सक्छ । जीवनभर पश्चातापमा बाँच्नुपर्ने बनाउनसक्छ । सोचौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?