ट्यांकरसँग ठोक्किएर बसमा आगो लाग्दा क्यामरुनमा ५३ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी देश क्यामरुनमा यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोक्किँदा बसमा आगलागी भएको स्थानीय अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

क्यामरुनको मध्यपश्चिम क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा भएको सो दुर्घटनामा २९ जना घाइते भएका जनाइएको छ । स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनका अनुसार मृतकको शव जलेको अवस्थामा रहेको र उनीहरूको पहिचान गर्न सकिएको छैन ।

ट्याङ्करका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?