एन्टोनी ब्लिंकनलाई विदेश मन्त्री बनाउने प्रस्ताव अमेरिकी सीनेटद्वारा स्वीकृत

काठमाडौं । अमेरिकी सीनेटले मंगलवार राष्ट्रपति जो बाइडेनको लामो समयदेखि सहयोगी रहेका एन्टोनी ब्लिंकनलाई विदेश मन्त्रीमा नियुक्त गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

सीनेटद्वारा पुष्टि पउने प्रतिक्षामा रहेका ब्लिंकन (५८) लाई ७८ सीनेटरको समर्थन मिलेको छ ।

उनले अब चाँडै कार्यभार सम्हाल्ने बताइएको छ । २२ सीनेटरले उनीविरुद्ध मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?