काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले आफ्नै पार्टीका एक सिख सांसदलाई पार्टीबाट निकालेका छन् ।
उनले आफ्ना साथी, सांसद र पूर्व मन्त्री नवदीप बेन्सको आलोचना गरेको भन्दै सिख सांसद रमेश सांघालाई आफ्नो लिबरल पार्टीबाट बाहिर निकालेका हुन् ।
नवदीप ट्रूडो सरकारमा उद्योगमन्त्री थिए र उनले हालै मात्र आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
सांघाले नवदीप बेन्सविरुद्ध खालिस्तान समर्थक भएको आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया