पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

मंगलवार राजाराम घिमिरेसहित २ जनाले पूर्व सभामुख ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

ढुंगानाले न्यायाधीशहहरुविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरुले ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता गराएको बताएका छन् ।

ढुंगानाले केहीदिन अघि अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्ने भन्दै टिप्पणी गरेका थिए ।

त्यस्तै आज नै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलन गरेको भन्दै सर्वोच्चमा दुईवटा मुद्दा दर्ता भएको छ । आज वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?