काठमाडौं । बलिउड अभिनेता वरुण धवन र नताशा दलालको विवाह शुरु भएको छ ।

आज अलिबागको द मेन्सन हाउसमा उनीहरुको विवाह शुरु भएको हो । तर वरुणकी श्रीमती बन्न लागेकी नताशा को हुन् त ? यो जिज्ञासा धेरैलाई छ । यसको बारेमा हामी तपाईलाई जानकारी गराउनेछौँ ।

नताशा मुम्बई बेस्ड फेशन डिजाइनर हुन् । उनले फेशन इन्स्टीट्यूट अफ टेक्नोलोजी न्यूर्योकबाट फेशन डिजाइनिङको कोर्स पूरा गरेकी थिइन् । उनी कोर्स पूरा गरेर २०१३ मा भारत फर्किएकी थिइन् ।

उनले भारत फर्किएर आफ्नै डिजाइन हाउस लञ्च गरिन् । उनको नाम नताशा दलाल लेबल हो ।

उनीहरु दुबै जना लामो समदेखि डेट गरिरहेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया