अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब आवश्यक

काठमाडौं । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्न ६ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार महामारीका कारण नेपालको अर्थतन्त्रमा ३ खर्ब २२ अर्बको उत्पादनमा क्षति पुगेको र त्यसलाई उकास्न सो बराबरको लागत आवश्यक पर्ने देखिएको हो ।

कोरोनाले नेपाली अर्थतन्त्रमा पारेको क्षति वार्षिक उत्पादनको वृद्धिदरलाई आधार मान्दा १ खर्ब ६६ अर्ब हो । अध्ययन अनुसार समग्र क्षतिले गर्दा २०७६/७७ मा आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा सीमित भएको देखिन्छ । केन्द्रीय तथ्यांक विभागले गएको वर्षको वृद्धिदर २ दशमलव २७ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरेको थियो । आयोगको अध्ययनले भने वृद्धिदर घट्ने अनुमान गरेको छ ।

महामारीका कारण आर्थिक गतिविधि सुस्त भएको, उत्पादन घटेको तथा रोजगारी संकुचित भएको आयोगको निष्कर्ष छ । यी सबै सूचकलाई पहिलेकै अवस्थामा ल्याउन विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्नुपर्ने बताइएको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?