मुम्बई – विश्वभर महामारी बनेको कोरोना भाइरसका कारण सन् २०२० बलिउडका लागि निकै खराब रह्यो । कोरोना भाइरसका कारण कैयन् फिल्म रिलिज हुन सकेनन् । फिल्मको शूटिङ पनि रोक्नुपर्यो ।
फिल्म हलहरु बन्द गरिए । अब भने बलिउड बिस्तारै आफ्नो लयमा फर्कने प्रयास गर्दैछ । सन् २०२१ मा यी बलिउड फिल्मका सिक्वेलले धमाकेदार प्रदर्शन गर्ने अनुमान गरिएको छ ।
बधाई दो
सन् २०१८ मा रिलिज भएको फिल्म ‘बधाई हो’ ले बक्स अफिसमा कमालको व्यापार गरेको थियो । यो फिल्ममा आयुष्मान खुराना, नीना गुप्ता लगायत थिए । भारतको राष्ट्रिय अवार्ड जितेको यो फिल्मको सिक्वेल ‘बधाई दो’ बन्ने भएको छ ।
यो फिल्ममा राजकुमार राव र भूमि पेडनेकर शीर्ष भूमिकामा रहनेछन् । यो फिल्मको शूटिङ देहरादुनमा भइरहेको छ ।
दोस्ताना २
सन् २०१८ मा रिलिज भएको फिल्म ‘दोस्ताना’ मा जोन अब्राहम, अभिषेक बच्चन, प्रियंका कार्कीको शीर्ष भूमिका रहेको थियो । यसको सिक्वेलमा कार्तिक आर्यन, जाह्नवी कपूर र लक्ष्यको शीर्ष भूमिका रहनेछ । फिल्मको निर्माणअघि नै चर्चा छ ।
सत्यमेव जयते २
जोन अब्राहम स्टारर फिल्म ‘सत्यमेव जायते’ लाई दर्शकले खुबै रुचाएका थिए । यसको सिक्वेल ‘सत्यमेव जयते २’ निर्माणको घोषणा गरिएको छ । चर्चामा रहेको यो फिल्मको यसै वर्षको मेमा रिलिज हुनेछ ।
भूल भुलैया २
अक्षय कुमार, विद्या बालन र शाइनी अहुजाको साइकोलोजिकल थ्रीलर फिल्म ‘भूल भुलैया’ लाई दर्शकले रुचाएका थिए । यसको सिक्वेल बन्ने पनि पक्का भइसकेको छ । फिल्ममा कार्तिक आर्यन, तब्बु र कियारा आडवाणीको शीर्ष भूमिका रहेको छ ।
यीबाहेक हंगामा २, बन्टी और बबली २ र गो गोवा गन २ पनि चर्चामा छन् । यी फिल्मले पनि बलिउड बक्स अफिसमा कमाल गर्ने आँकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया