काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । मंगलवार अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एकैदिन ४ हजार २८१ जनाको मृत्यु भएको छ ।
यो संख्या अमेरिकामा एकैदिन मृत्यु भएकाको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै अमेरिकामा मंगलवार मात्रै २ लाख २३ हजार ६२८ जनालाई कोरोना संक्रमण भएको छ ।
अमेरिकामा अहिलेसम्म ३ लाख ८९ हजार ६२१ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने २ करोड ३३ लाख ६९ हजार ७३२ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै १ करोड ३८ लाख १६ हजार २३८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया