एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाभियोग दर्ता भएको छ । विद्रोह भड्काएको आरोपसहित डेमोक्र्याटिक पार्टीले राष्ट्रपति ट्रम्पविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेको हो ।
महाभियोग प्रस्तावमा गत बुधवार अमेरिकी संसदमा भएको हिंसालाई उनले प्रोत्साहन दिएको र विद्रोह भड्काएको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह समेत गरिएको छ। उक्त प्रस्तावमा तल्लो सदनमा छिटोमा मंगलवार मतदान हुन सक्ने जनाइएको छ ।
ट्रम्पलाई हटाउन महाभियोग दुवै सदनबाट पारित हुनुपर्ने अनिवार्य व्यवस्था छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटहरुकै बहुमत भए पनि माथिल्लो सदन सिनेटमा भने रिपब्लिकनहरुको बहुमत छ। अमेरिकाको इतिहासमा ट्रम्प दुई पटक महाभियोग खेप्ने एक्ला राष्ट्रपति भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया