सोनू सूदको याचिका सुनवाई सर्‍यो

काठमाडौं । बलिउड अभिनेता सोनू सूदको याचिका सुनवाई सरेको छ ।

बम्बे हाईकोर्टले बृहन्मुम्बई नगर निगम (बीएमसी) को नोटिसविरुद्ध लगाइएको याचिकाको सुनवाई १३ जनवरीका लागि सारेको हो । पहिले यो सुनवाई सोमवार हुने भनिएको थियो ।

अभिनेतामाथि एक सरकारी बिल्डिङमा होटल बनाएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?