अमेरिकाको शिकागोमा गोली चल्यो : चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको इलिनोयस राज्यमा भएको गोलीबाबारीमा चार जनाको मृत्यु भएको छ । साथै अन्य दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पुलिसले संदिग्ध व्यक्तिलाई शूट गरेर मारेको छ ।

समाचार एजेन्सी सिन्हुआका अनुसार एनबीसी शिकागोले आफ्नो खबरमा यो घटना एक फार्मेसीमा भएको बताइएको छ । यसमा ३० वर्षीय व्यक्तिसहित अन्य तीन जनालाई मारेको बताइएको छ ।

एक महिलालाई बनधक बनाएको र त्यसपछि गोली हानेको बताइएको छ ।

उनी अहिले अस्पतालमा भर्ना भएकी छन् भने उनको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै १५ वर्षीया किशोरीलाई पनि गोली लागेको छ । उनको शिरमा गोली लागेको हो । उक्त गोली चलाउने व्यक्ति भने ३२ वर्षीय जेसन नाइटेंगल रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?