काठमाडौं । जापानमा कोरोनाको नयाँ स्ट्रेन फेला परेको छ । यो स्ट्रेन ब्राजिलबाट जापान पुगेको बताइएको छ । यो स्ट्रेन बेलायत र दक्षिण अफ्रिकाको भन्दा बिल्कुलै फरक रहेको बताइएको छ ।
जापान सरकारका अनुसार चार जनामा कोरोनाको नयाँ स्ट्रेन फेला परेको हो ।
जसमा ४० वर्षका एक पुरुष ३० वर्षीया एक महिला र २ किशोर रहेका छन् । यो भन्दा पहिला पनि जापानमा बेलायत र साउथ अफ्रिकाका ३० भन्दा धेरै नयाँ कोरोनाको प्रकार भएका बिरामी फेला परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया