काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट समूहलाई १६ पृष्ठको निर्देशन जारी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले पुस ११ गते ‘अन्तरपार्टी निर्देशन’ जारी गरेका हुन् ।
केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो प्रभावलाई जीवन्त राख्नुपर्नेमा जोड दिंदै ओलीले अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ। ओलीले सर्कुलरमा प्रतिनिधिसभा विघटनलाई चुनौतीपूर्ण निर्णयसमेत भनेका छन् ।
‘आन्दोलनको रक्षाका लागि लिनु परेको यस चुनौतीपूर्ण निर्णयको औचित्यबारे सार्वभौम नेपाली जनताले आवश्यक समझदारी राख्ने छन् र उचित फैसला गर्नैछन। उच्च मनोबलका साथ अगाडि बढौँ।’ निर्देशनमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि सत्तारुढ दल नेकपा दुई खेमामा विभाजित भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया