काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि गण्डकी प्रदेशको टिमको घोषणा गरेको छ । गण्डकी प्रदेशले प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो ।
गण्डकी टिमको कप्तानमा विपिन खत्री रहेका छन् । टिमको उपकप्तानमा अशोक श्रेष्ठ, दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे,अविशेक थापा, सुवास भण्डारी, समीर कँडेल,अर्जुन कुमाल,विशाल पौडेल,विष्णु पाण्डे र दिनेश बुढा मगर रहेका छन् ।
यस्तै टिमको वैकल्पिक खेलाडीमा मिलान लुइँटेल, विज्ञान गौतम,सन्देश बस्नेत र कमल परियार रहेका छन् ।
टिमको प्रशिक्षकमा रिजन प्रजु रहेका छन् । टिम म्यानेजरमा चन्द्र कुमार गुरुङ छन् ।
पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा शुरु हुँदैछ ।
प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ ।
उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया