जन्मदिनमा ऋतिक रोशनले अनाउन्स गरे अर्को फिल्म, दीपिका पादुकोण फीमेल लीडमा

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो जन्मदिनमा अर्को फिल्मको अनाउन्स गरेका छन् ।

फिल्ममा दीपिका पादुकोण फीमेल लीड रोलमा देखिनेछन् ।

फिल्मको नाम फाइटर रहेको छ । फिल्मको निर्देशन वार बनाउने सिद्धार्थ आनन्दले गर्ने भएका छन् । फिल्म ३० सेप्टेम्बर २०२२ मा रिलीज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?