काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले संघसँगको बैंठकमा यस्तो आग्रह गरेका हुन् । सो वैठकमा संघका अध्यक्ष अशोककुमार व्याञ्जु र महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ लगायतका पदाधिकारीहरु अर्थमन्त्री भेट्न मन्त्रालय पुगेका थिए ।
अर्थमन्त्री पोडेलले स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न उनीहरुसँग आग्रह गरेका हुन् ।
स्थानीय तहहरुमा पुगेको रकममध्ये १ सय २६ अर्ब रुपैयाँ अझै खर्च भएको छैन । अर्थमन्त्री पौडेलले बाँकी रहेको सो रकम गाउँपालिका र नगरपालिकाहरुमा विकासमा खर्च गर्न आग्रह गरेका छन् ।
यसैबीच अर्थमन्त्री पौडेलले कोभिड(१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरेका छन्। उनले प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।
त्यस्तै,भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, श्रेष्ठ र व्याञ्जु सहितको बैठकमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा छलफल भएको समेत अर्थमन्त्रालयले जनाएको छ ।
आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. तुम्बाहाम्फेले बाँकी रहेका पालिकाहरुमा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराइन् ।
अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश तथा स्थानीय तहबीच समन्वय गरी भूमि सम्बधी समस्यालाई स्थायी रुपमा समाधान गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया