राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने

काठमाडौं । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको सातौँ अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले आज(आइतवार) डाकेको मन्त्रिपरषद्को आकस्मिक बैठकमा अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । स्रोतले दिएको जानकारी अनुसार आज राति १२ बजेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुनेछ ।

त्यस्तै आज राष्ट्रिय सभाको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ । यस सँगसँगै आजको राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने तथा विधायन समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?