तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको सात थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा फेला पारेका मोबाइल सम्बन्धित धनीलाई कार्यालयमा नै बोलाएर हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
विभिन्न मिति र स्थानबाट हराएका तथा चोरी भएका मोबाइलको खोजी गरी पाउँ भनी प्रहरी कार्यालयमा निवेदन आएको थियो । निवेदन आएपछि प्रहरीले खोजतालास कार्यलाई तीव्रता दिँदै गएपछि हराएका तथा चोरी भएका करिब एक लाख २९ हजार ५०० बराबरको मोबाइल फेला परेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया