दिवंगत अभिनेता इरफान खानको अन्तिम फिल्म रिलीज हुँदै

काठमाडौं । स्वर्गीय बलिउड अभिनेता इरफान खानको अन्तिम फिल्म रिलीज हुने भएको छ । इरफान खानको अन्तिम फिल्म रिलीज हुने भएसँगै फिल्मको पोस्टर रिलीज भएको हो ।

बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले फिल्म रिलीज हुने जानकारी दिएका हुन् ।

उनले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘इरफान खानको अन्तिम फिल्म, ‘द सॉन्ग ऑफ स्कॉर्पियंस’ सन् २०२१ मा रिलीज हुनेछ । यो फिल्म अनुपम सिंहको निर्देशनमा बनेको हो । प्यानोरमा स्पोटलाइट र ७०एमएम टोकिजद्वारा प्रस्तुत ।’

उक्त फिल्म आदिवासी महिला नुरनमा आधारित छ । फिल्म निर्माताहरुले इरफान खानप्रति श्रदाञ्जली अर्पण गर्दै फिल्म रिलीज गर्ने तयारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?