कास्की । पोखरा हस्तकला ससघंको अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन भएकि छिन् । सघंको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सघंको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएका छन् ।
त्यसैगरी सदस्यमा मीन राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मीरा पौडेल चयन भएका छन् । सल्लाहकारमा मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष खड्काले हस्तकलाको बजार विस्तारका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताइन् ।
अधिकांश महिलालाई रोजगार दिन सफल यस क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिएर प्रवद्र्धनमा सघाउन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष दीपक श्रेष्ठले नेपाली हस्तकलाको सामग्रीको बजार व्यवस्थापन गरेर जान सके यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। उनले भने, “नेपाली हस्तकलाको माग बढ्दो छ तर यसको उचित बजार व्यवस्थापन हुनसकेको छैन । ”
सघंका संस्थापक अध्यक्ष हीरा भट्टराईले दशकअघि कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीलाई एकीकृत गराएर संस्थाको स्थापना गरेको बताएकि छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया