सुशान्त सिंह राजपूत केस : कहाँ पुग्यो सीबीआई जाँच ?

काठमाडौं । बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको ६ महिना भइसकेको छ । तर यसको रहस्य भने अहिलेसम्म खुल्न सकेको छैन ।

यसैबीच केसको जाँचमा खटिएको सीबीआईले जाँच भइरहेको बताएको छ ।

भाजपा सांसद सुब्रमण्यम स्वामीले सीबीआई सुशान्त केसको बारेमा जवाफ दिएको दाबी गरेका छन् ।

आफ्नो जवाफमा सीबीआईले व्यापर र नवीनतम तरिकाले जाँच गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?