रजनीकान्तको २६ दिने राजनीति : विधानसभा चुनाव नलड्ने घोषणा

काठमाडौं । साउथ सुपरस्टार रजनीकान्त (७०) ले खराब स्वास्थ्यका कारण चुनावी राजनीतिमा नजाने घोषणा गरेका छन् ।

उनले मंगलवार तमिलमा एक चिठी लेख्दै चुनाव नलडी बाहिरैबाट सेवा गर्ने बताएका हुन् ।

उनी २५ डिसेम्बरमा ब्लड प्रेशरमा उतारचढावका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका थिए । उनलाई डाक्टरले एक हप्तासम्म बेड रेस्टको सल्लाह दिएका छन् ।

३ डिसेम्बरमा उनले नयाँ पार्टी बनाउने घोषणा गरेका थिए । जसका लागि ३१ डिसेम्बरमा नयाँ पार्टीको घोषणा गर्ने उनको प्लान थियो । अब भने उनले २०२१ को विधानसभा चुनाव पनि नलड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?