काठमाडौं – अभिनेत्री वर्षा शिवाकोटी स्किन सिटीको सिईओमा नियुक्त भएकी छन् ।
नेपाल मेडिसिटी अस्पताल अन्तर्गतको स्किन सिटीमा उनी नियुक्त भएकी हुन् । योसँगै उनले व्यापारिक क्षेत्रमा पाइला अघि बढाएको समेत बताएकी छन् ।
छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आवद्ध भएसँगै शुभेच्छुकको साथ, सहयोग र सुझाबको अपेक्षा राखेको उनले बताइन् ।
उनले भनिन्, ‘स्किन सिटीलाई नयाँ उचाइमा लैजाने मेरो पहिलो प्रतिवद्धता हुनेछ, मैले पाएको यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्नेछु, स्किन हस्पिटलमा मेरो पनि केहि शेयर रहेको बताउन चाहन्छु ।’
चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै रहेको बताउँदै उनले व्यापारिक क्षेत्रमा पनि आफू सफल बन्ने प्रयास गर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया