नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले माग गरेबमोजिम अब आउने बिहीबारसम्ममा एमिकस क्युरी (अदालतको सहयोगी)को टुङ्गो लगाउने भएको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलले अब आउने बिहीबारसम्ममा एमिकस क्युरीको निर्णय गरिसक्ने जानकारी दिए ।
संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दर्ता भएका रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि शुक्रबार नेपाल बारबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई जना एमिकस क्युरी पठाउन भनेको थियो ।
इजलासले प्रतिनिधिसभा विघटनका लागि गरिएको सिफारिस र निर्णयको सक्कलै फाइल राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबाट झिकाउन पनि सर्वोच्चको प्रशासनलाई आदेश दिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया