काठमाडौं । कोरोना महामारीका कारण झन्डै १० महिनादेखि बन्द रहेका देशभरका सिनेमा हल आज शुक्रबारबाट खुल्ने भएका छन्। सरकारले हल सञ्चालन गर्ने कुनै निर्णय नगरे पनि हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णय गरेको हो।
चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल चैत ६ गतेदेखि एकसाथ बन्द गरिएका थिए । सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि कोरोनालाई देखाएर सिनेमा हल बन्द राखिएपछि संघले आजबाट हल सञ्चानल गर्ने भएको हो ।
लामो समयको बन्द पछि आज पहिलो दिन नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाइने संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया