भ्याक्सिन लगाएकी अमेरिकी नर्सको मृत्यु भएको समाचार साँचो हो ? (भिडियो)

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएकी एक नर्सको लाइभ टिभी शोमै मृत्यु भएको खबर अहिले सामाजिक सञ्जालमामा भाइरल बनिरहेको छ ।

सार्वजनिक भिडियोमा ती महिलाले आफ्नो ड्यूटी कोभिड १९ यूनिटमै भएको मिडियालाई बताइरहेकी छन् । महिला भन्छिन्, ‘म भ्याक्सिन लगाउन पाएकोमा धेरै उत्सुक छु ।’ उनी मिडियासँग कुरा गर्दा थोरै असहज भएको देख्न सकिन्छ ।

त्यसको केहि सेकेण्डपछि बेहोस भएर जमीनमा लडेकी छिन् । जमीनमा लडे लगत्तै उनको मृत्यु भएको दाबी गरिएको छ ।

के हो सत्य ?

यस विषयमा आउटलुक डटकमले एउटा रिपोर्ट प्रकाशन गरेको छ । जसमा भ्याक्सिन लगाएपछि टिफनी डोवर नामकी नर्स बेहोस भएको उल्लेख छ । रिपोर्टमा ती नर्सको फोटो छ, जसको भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । तर, रिपोर्टमा उनको मृत्यु भएको भन्नेबारे कतै उल्लेख छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?