बहुमत सदस्यहरुको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष र माधवकुमार नेपाल समूह हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् ।

प्रचण्ड नेपाल समूह पार्टीका बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोग जान लागेको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार प्रचण्ड नेपाल समूह ३१५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आयोग जान लागेका हुन् ।

मंगलवार बबरमहलस्थित कार्की ब्यांकेटमा भएको केन्द्रीय समिति बैठकमा बहुमत सदस्यहरुको उपस्थिती रहेको प्रचण्ड नेपाल समूहको दाबी छ ।
त्यस्तै हाल नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता रहेको छ । ती मध्ये दुई तिहाई केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेको प्रचण्ड नेपाल समूहको रहेको छ ।

मंगलवार बालुवाटारमा बसेको प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले ११९९ जनाको केन्द्रीय कमिटी हुनेगरी केन्द्रीय सदस्य थप गरेको छ । मंगलवारको बैठकमा ओली पक्षको नेकपाले ५५६ जना केन्द्रीय सदस्य थप गरेको थियो । भने प्रवक्तामा परराष्ट्रमन्त्री समेत रहेका नेकपाका स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीलाई ओली समूहको प्रवक्ता नियुक्त गरेको थियो ।

त्यस्तै बबरमहलको बैठकले भने नेपाललाई अध्यक्षको रुपमा चयन गर्ने निर्णय गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?