मुम्बई । बलिउड अभिनेत्री कंगना रनोटले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको दाबी गरेकी छन् । सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो शेयर गर्दै उनले आफूलाई धम्की आएकाले पछिल्ला १०/१२ दिनदेखि मानसिक तनाव झेलिरहेको बताएकी छिन् ।
‘उनीहरुले पटक–पटक आफ्नो देशभक्ति किन पुष्टि गर्नुपर्छ जबकि प्रियंका चोपडा र दिलजीत दोसांझजस्ता कलाकारहरुसँग कहिले पनि उनीहरुको नियतबारे प्रश्न गरिँदैन’, प्रियंका चोपडा र दिलजीत दोसांझमाथि निशाना साँध्दै उनले भनेकी छन् ।
भारतमा चर्किरहेको किसानको आन्दोलनलाई राजनीतिबाट प्रेरित भएको आरोप लगाउँदै उनले आन्दोलनमा आतंकवादी समेत सहभागी भएको दाबी गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया