आज कहाँ – कहाँ जाँदैछ बिजुली ?

काठमाडौं – आज (शनिबार) काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा बत्ति जाने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् काटिन भएको हो।

यी हुन् बिजुली जाने क्षेत्र : 
बालाजु ‌औद्योगिक क्षेत्र १
बालाजु ‌औद्योगिक क्षेत्र २
ढुंगेधारा
महाराजगन्ज २
नयाँ बजार र धर्मस्थली फिडरमा बत्ति जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?