काठमाडौं – हालको अवस्थामा देशमा उत्तर- पश्चिमी वायुको प्रभाव रहेका कारण विभिन्न प्रदेशका भू – भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशमा उत्तर-पश्चिमी वायुको प्रभाव रहेको जनाएको हो ।
महाशाखाले जारी गरेको विवरणमा जनाइएअनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान :
पौष ४ गते (शनिबार) :
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ५ गते (आइतबार) :
दिउँसो : प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ६ गते (सोमबार)
दिउँसो : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया