आज विवाह पञ्चमी : सीता र रामको विवाह भएको सम्झना स्वरुप मनाईंदै

काठमाडौं – त्रेता यूगमा आजकै दिन भारतको अयोध्याबाट राम नेपालको मिथिला राज्य जनकपुर धाममा आएर राजकुमारी सीतासँग विवाह गरेकोले आजको दिनलाई विवाह पञ्चमी भनिन्छ ।

आजकै दिन अर्थात् मंसिर शुक्ल पञ्चमीको दिन आर्दश जोडी राम र सीताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएका शास्त्रमा बर्णन गरिएकोछ ।

विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार सनातन विधिद्धारा पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । र आजपनि विवाह पञ्चमीको दिन विवाह गर्नको लागि कुनै साईत हेर्नु पर्दैन भन्ने मान्यता रहेकोछ । ।

राजा जनको राज्यमा भएको शिव धनु सीताले सरसफाईका बेला एक्लै सार्ने गर्थिन् । राजा जनकले पनि शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसंग मात्रै सीताको विवाह गर्ने सोच बनाएका थिए । त्यहि शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो ।

त्यस्तै रामायणमा उल्लेख भए अनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले ३ टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको उल्लेख गरिएको छ । मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको दिनलाई सम्झेर यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

आज विहानैदेखि रामजानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ति र डोला हेर्ने भक्तजनको भक्तजनको घुईंचो लाग्ने गर्दछ । राम र सीताको स्वयंमवर सकिएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहितको ¥यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ । – ज्योतिषी दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?