काठमाडौँ– के तपाई नेपाल राष्ट्र बैंकमा जागिर खाने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि अवसर आएको छ ।
राष्ट्र बैंकले ५० जना नयाँ कर्मचारीका लागि बिज्ञापन खुलाएको हो । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सहायक द्धितिय र अधिकृतस्तर तृतिय तहमा नयाँ कर्मचारी भर्ना गर्न लागेको हो ।
राष्ट्र बैंकले ३८ जना सहायक निर्देशक र १२ जना प्रशासन सहायक पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट भर्ना गर्ने जनाएको छ । विज्ञापन सम्बन्धी विस्तृत विवरण आजको गोरखापत्र दैनिकमा पढ्न वा राष्ट्र बैंकमा सम्पर्क गरेर बुझ्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया