‘किसानलाई रुवाउने र उद्योगपतिलाई कारबाही गर्न नसक्नेले जिम्मेवारीबाट हट्नु पर्दैन ?’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लामो समयसम्म भुक्तानी नपाएका उखु किसानहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उद्योगमन्त्री लेखराज भट्टले बिहीवार एक कार्यक्रममा बोल्दै नेताहरुको दवावका कारण किसानहरुलाई भुक्तानी गर्न असहज भएको बताएका थिए । नेता गुरुङले सामाजिक सञ्जालमा लेख्दै नेताहरुको फोनको दवावका कारण उद्योगीहरुलाई कारबाही गर्न नसक्ने मन्त्रीले लाज पचाएकै हुन् ? भन्दै प्रश्न गरेका छन् ।

नेता गुरुङले नेताको घरमा विवेक बन्धक राख्नेहरुलाई त लाज लाग्दैन भन्दै व्यंग्य गर्दै उखु किसानहरुलाई रुवाउने र उद्योगपतिलाई कारबाही गर्न नसक्नेले जिम्मेवारीबाट हटनु पर्दैन ? भन्दै प्रश्न गरेका छन् ।

ट्वीट गर्दै उनले लेखेका छन्, “नेताहरुले फोनबाट दबाब दिएका कारण उखु किसानहरुलाई भुक्तानी नदिने उद्योगपतिहरुलाई कारबाही गर्न नसक्ने मन्त्रीले लाज पचाएकै हुन्। हुन त नेताको घरमा विवेक बन्धक राख्नेहरुलाई लाज त लाग्दैन होला। उखु किसानलाई रुवाउने र उद्योगपतिलाई कारबाही गर्न नसक्नेले जिम्मेवारीबाट हट्नु पर्दैन ?”

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

किसानमारा उद्योगीलाई कारबाही नगर्न मन्त्री भट्टलाई कसले गर्‍यो फोन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?