बन्दिपुरमा रहेको बाबातालमा ‘भ्यू टावर’ र प्रवेशद्वार (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं – प्रदेश नम्बर – २ सिरहा जिल्लाको बन्दिपुरमा रहेको बाबातालमा आयोजित पर्यटन प्रवर्द्धन तथा विकास निर्माण विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल , सांसददिलिप साह , सबिधानबिद् काशीराज दाहाल , २ नम्बर वडाका अध्यक्ष गणेश अधिकारी, समाजसेवी वलराम सुवेदी डा. कुमुदराज काफ्ले ,वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा ,सिए मनमोहनराज काफ्ले डा. आलोक दाहाल र नारायण दाहाल लगायतले विविध विषयमा मन्तव्य राखेका थिए ।

सो अवसरमा भ्यू टावर र प्रवेशद्वार समेत उद्घाटन गरिएको थियो । करिब २ करोडको लागतमा निर्मित भ्यू टावर तथा मुल प्रवेशद्वारको उद्घाटन सम्पन्न भएको अवसरमा आयोजित पर्यटन प्रवर्द्धन तथा विकासनिर्माण विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षाविद् तथा साहित्यकार प्रा. डा. रामप्रसाद दाहालले नन्दबाबाको काखमा चुरेको फेदीमा रहेको यो ताल , मुक्तेस्वर मन्दिर , भ्यूटावर , नजिकै रहेको उतरायनी नदी, र हरियाली र कमला नदिले सौन्दर्य थपेकोले यसको विकासले सबैमा फाइदा पुग्ने भएकोले यसको संरक्षन र सम्बर्द्धन गर्न जरुरी भएको बताए ।

No description available.

यस्तै उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन आयोगका अध्यक्ष काशीराज दाहालले धेरैको मेहनत र नेपाल सरकार विभिन्न सङसंस्थाको सहयोगमा बनेको यो क्षेत्रलाइ नेपाल कै नमूना क्षेत्र बनाउन सकिन्छ त्यसको आधारमा अगाडि बढाउन सम्बद्ध सबैमा अनुरोध गरे ।

No description available.

कार्यक्रममा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले त्यस क्षेत्रका वडाअध्यक्ष , वनका प्रमुख ,उपभोक्ता समिति र प्रहरीका प्रमुख इमान्दार भएर काम गर्न सके सबैजसो समस्याको समाधान हुने बताए ।

No description available.

वडा अध्यक्ष गणेश अधिकारीले बाबाताल निर्माणको आरम्भ जनताले रकम उठाएर गरेको र समाजसेवी ‘पर्शुराम बा’ को घरमा बैठक बसि नामाकरण गरी अगाडि बढाइएको यो ताल र यो संरचनाको सौन्दर्यकरण गर्न प्रदेश सरकार र स्थानीय सरकार लगिपरेको जानकारी दिए।

एक अर्को कार्यक्रममा प्रवेशद्वार उद्घाटन गर्दै सासंद दिलिप साहले यो क्षेत्रको विकासमा आफ्नो योगदान रहिरहने बताए । समाजसेवी वलराम सुवेदी, डा. कुमुदराज काफ्ले ,वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा ,सिए मनमोहनराज काफ्ले, डा. आलोक र नारायण दाहालले त्यस क्षेत्रको विकासमा आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विचार व्यक्त गरे।

सांसद दिलिप साह संविधानविद् काशीनाथ दाहाल र प्रजिअ प्रदीपराज कडेलले विभिन्न नयाँ निर्माण भएको संरचनाको उद्घाटन (भ्यू टावर र प्रवेशद्वार समेत) गरेका थिए ।

तस्वीरमा हेर्नुहोस् :

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

 

No description available.

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?