काठमाडौं । नायिका वर्षा शिवाकोटीले ‘वर्षा शिवाकोटी र मनोज गजुरेलको विवाह हुँदै’ भन्ने समाचारमा केहि सत्यता नभएको बताउँदै आक्रोश पोखेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम गरेको बताइन् ।
साथै उनले मनोज गजुरेलको र आफ्नो बाटो अलग रहेको बताउँदे नायिका शिवाकोटीले आफ्नो नाम जोडेर कुप्रचार नगर्न आग्रह समेत गरेकी छन् ।
उनले सोसल मिडियामा लेखेकी छन्, “वर्षा शिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।
आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?
कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो 🙏🏻”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया