चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL)को शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयरमूल्य प्रतिकित्ता ५७० रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा सो मूल्य समायोजन गरेको हो। लाभांश पारित गर्न कम्पनीले पुस १२ गते २४ औँ वार्षिक साधारण सभा डाकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?