काठमाडौं । नेपाल–क्यानडा परामर्श संयन्त्रको दोस्रो बैठक द्विपक्षीय व्यापार, लगानी, शैक्षिक तथा सांस्कृतिक सहयोग प्रवर्द्धन गर्ने सहमतिका साथ सम्पन्न भएको छ ।
अप्रत्यक्षरुपमा शुक्रवार साँझ भएको उक्त बैठकमा दुई वर्षअघि ओटावामा सम्पन्न संयन्त्रको पहिलो बैठकका निर्णयको समीक्षाका साथै पारस्परिक पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्ध विकासलगायत विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र विश्व मामिलासम्बन्धी सचिव पल थोप्पिलले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
त्यसैगरी बैठकमा पछिल्लो समयमा दुवै देशमा भएका राजनीतिक एवं आर्थिक घटनाक्रम, कोभिड–१९ को रोकथामबारे अनुभव आदानप्रदान, कोभिडविरुद्धको खोपमा सबैको पहुँचको सुनिश्चितता तथा महामारीलाई परास्त गर्न सामूहिक साझेदारीलगायत विषयमा छलफल भएको थियो ।
जलवायु परिवर्तनका प्रभावको सम्बोधन, मानवअधिकार संरक्षण एवं प्रवर्द्धनन, बहुपक्षीयता प्रवद्र्धन, राष्ट्रसङ्घीय शान्ति सेना, विधिमा आधारित व्यापार प्रणालीलगायत अन्तर्राष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चहरुमा दुबै देशले साझेदारी गर्ने पुनः प्रतिबद्धता पनि बैठकमा व्यक्त गरेका थिए । राससस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया