बिदुर । नेपाल उद्योग बाणिज्य महासंघको नवनिर्वाचित केन्द्रीय कार्यकारिणी सदस्य राजन श्रेष्ठले नुवाकोटको औधोगिक विकासका लागि क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
व्यवसायी श्रेष्ठले नुवाकोटमा औद्योगिक बिकासको प्रशस्त सम्भावनाहरु रहेकाले ती सम्भावनाहरुलाई सार्थकतामा परिणत गर्न बैदेशिक लगानी भित्र्याउन आफू निरन्तर क्रियाशिल रहने प्रतिबद्धता जनाएका हुुन् ।
महासंघमा रहेर स्थानीयस्तरका व्यवसायीहरुको समस्या समाधानका लागि पहल गर्ने तथा केन्द्र र जिल्लाबिच सम्पर्कसुत्रका रुपमा रही निरन्तर व्यवसायिक हकहितका पक्षमा उभिने समेत केन्द्रीय सदस्य श्रेष्ठको भनाई छ ।
बुधवार नुवाकोट उद्योग बाणिज्य संघले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य श्रेष्ठले महासंघको निर्वाचनमा आफूलाई बिजयी गराउन नुवाकोट उद्योग बाणिज्य संघले खेलेको भुमिकाको प्रशंसा गर्दै जिल्लाका उद्यमीहरुको क्षमता अभिबृद्धी गर्दे व्यवसायिक क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने समेत बताए । जिल्लाका महिला उद्यमीहरुको क्षमता अभिबृद्धी र साना लगानीका व्यवसायमा संलग्नहरुको सीप बिकास तथा दक्षता अभिबृद्धीका लागि आवश्यक कार्यक्रम संचालन गर्न समेत आफ्नो पहल रहने श्रेष्ठले बताए ।
कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, पूर्ब उपाध्यक्ष शरण उत्सुक सापकोटा, बरिष्ठ उपाध्यक्ष गीता अमात्य लगायतले महासंघको केन्द्रीय सदस्यमा पहिलो मत ल्याएर श्रेष्ठ निर्वाचित हुँदा त्यसले सिंगो जिल्लाको गौरब बढाएको बताउँदै महासंघ र जिल्लासंघ बिचको निरन्तरको सहकार्यबाट जिल्लामा आर्थिक बिकासको पाटोलाई मजबुत बनाउन महासंघमा श्रेष्ठको उपस्थिती महत्वपूर्ण सावित हुने बिश्वास ब्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया