जनकपुर-जयनगर क्रस बोर्डर रेल सञ्चालनको तयारी अन्तिम चरणमा, पुसभित्रै सञ्चालनमा ल्याईंने

काठमाडौं – बहुप्रतिक्षित जनकपुर – जयनगर क्रस बोर्डर रेल सञ्चालनको लागी आवश्यक सञ्चालन बिधि (standard operating procedure – SOP)  मा दुबै देशबीच अन्तिम सहमति भएसँगै आगामी पुसभित्रै रेलसेवा सञ्चालनको तयारी थालिएको छ।

छलफलपछि अन्तिम सहमति भएसँगै अब दुबै देशको सरकारले यसलाई पारित गरेपछि यो लागू हुनेछ ।

यसैबीच रेल सञ्चालनको निम्ति आवश्यक भारतिय जनशक्ति, रेल मर्मत, रेल्वे ट्र्याक मर्मत, सिग्नल सिस्टम मर्मत, कर्मचारीहरुलाई तालिम तथा रेल मर्मत, दुर्घटनाका बेला आवश्यक पर्ने मेसिन, इक्वीपमेन्ट, प्लान्ट खरिद लगायतको प्राबिधिक तथा आर्थिक प्रस्ताव भारतिय कोनकण रेल्वेबाट प्राप्त भई छलफलको चरणमा रहेको छ । यी केही प्रक्रियालाई चाँडै टुङ्ग्याइने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले लोकपथलाई बताए ।

महाप्रबन्धक भट्टराईका अनुसार नेपाली कर्मचारीहरुका सम्बन्धमा भौतिक योजना मन्त्रालय र रेल बिभागबाट निजामति कर्मचारीहरु काजमा खटाउन ‘लिस्ट’ प्राप्त भैसकेको र जिम्मेबारी तोक्ने काम भइरहेको छ ।

अपुग कर्मचारी पुरानो रेल्वे सञ्चालनमा काम गरेका कर्मचारीहरुलाई ज्यालादारीमा खटाउने काम अघि बढाइएको छ । उनले थपे, ‘ति कर्मचारीहरुको पहिचान गरिसकिएको छ ।’

यस्तै रेल्वे कम्पनिले करारमा कर्मचारी लिने बिषय अब सिधै लोकसेवाबाट अघि बढाइने भएको छ ।

त्यसको निम्ति आवश्यक कर्मचारी विनियमावली स्वीकृतको लागी मन्त्रिपरिषद् मा पठाइएको छ ।

महाप्रबन्धक भट्टराई थप्छन्, ”भारत सरकारले निर्माण गरेको जयनगर- बर्दिबास खण्डमध्ये            जयनगर – कुर्था खण्डको नेपाललाई हस्तान्तरण गर्न बाँकी काम र तोडफोड भएका संरचना द्रुत रुपमा निर्माण भइरहेको छ र हस्तान्तरणको प्रकृया आगामी १२ /१५ दिनमा शुरु हुनेछ ।”

रेल्वे सुरक्षाको लागी गृह मन्त्रालय मार्फत् सशस्त्र प्रहरी खटाइने भएको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? 

नेपाल रेल्वे कम्पनीमा जागिर खुल्यो

रेलसेट आएपछि सर्वसाधारण उत्साहित

जयनगरबाट जनकपुर आइपुगेको रेल कम्पनीका अधिकारीलाई हस्तान्तरण

जनकपुर – जयनगर नियमित रेल सञ्चालनको तयारी

जयनगर – कुर्था रेलमार्ग सञ्चालनको अन्तिम तयारी, फोटोमा हेर्नुहोस् – यसरी हुँदैछ काम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?