पार्टीका अध्यक्षद्वयलाई सम्बोधन गर्दै जनार्दन शर्माले लेखे चिठ्ठी

काठमाडौं – बल्झिँदै गएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानको लागि प्रयासहरु भइरहेका छन् तर एकपछि अर्को गर्दै थपिएका घटनाक्रमले नराम्रो मोड समातिसकेको छ ।

यहि परिप्रक्ष्यमा पार्टीका नेता कार्यकर्ताले अध्यक्षद्वयलाई मिलाउने अधिकतम प्रयास पनि जारी राखेका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले पार्टीका अध्यक्षद्वयलाई सम्बोधन गरी चिठ्ठी लेख्दै नेकपाको स्थायी कमिटि बैठक संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता सहित दृढ संकल्प गर्न आग्रह गरेका छन् उनले लेखेको पत्रको पूर्णपाठ यस्तो छ ।

हेर्नुहोस् पत्र

क.अध्यक्षद्वय,
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ।

विषय : बिशेष प्रस्तावमा तत्काल छलफल गर्ने बारे ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संघिय लोकतान्त्रिक गणतन्त्रको संवाहक र संरक्षक समेत हो भन्ने कुरामा कुनै दुबिधा छैन । यस विचमा सरकारले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णय बाट उत्साहित गणतन्त्र विरोधिहरु आज खुलेआम संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन । नेकपाको सरकार र गृह प्रशासन यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको छ । बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ । यसबाट नेपाली जनतामा ठुलो असन्तुटि पैदा हुँदै जाने सन्र्दभमा नेकपाको स्थायी कमिटि बैठक संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता सहित दृढ संकल्प गरौ । जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउने बारे हाम्रो नेतृत्व स्पष्ट नै छ । तसर्थ संघियताको पक्ष्यधर सबै पार्टीहरुको विचमा छलफल आयोजना गरी जनभावना अनुसार सरकारका कमि कमजोरीहरु सच्चाउँदै जनतामा देखिएको असन्तुटि लाई संबोधन गर्न अव ढिला गर्नु हुदैन ।
मुख्य गरी कोभिड महामारी बारे तत्काल भ्याक्सिन ल्याइ कोरोणा भाइरस बाट जनताको जीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था श्रृजना गर्नु पर्दछ । अन्य समस्याहरु समेत प्राथमिकता तोकि समाधान गनु पर्दछ । म सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गर्दै यसबारे छलफल एंव तत्काल निर्णयमा पुग्नका लागि यो विषेश प्रस्ताव प्रस्तुत गर्दछु ।

जनार्दन शर्मा (क.प्रभाकर)

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)
स्थायी कमिटी सदस्य
मितिः२०७७/०८/२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?