काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या पछिको ड्रग्स केसमा मुछिएकी कंगना रनौतको किसान आन्दोलनसँग जोडिएको एक भिडियोमा बलिउड अभिनेता दलजीत दोसांझसँग चर्का-चर्की भएको छ ।
भारतमा भइरहेको किसान आन्दोलनमा एक वृद्धा किसान महिन्दर कौरको भिडियो र विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यी तस्वीर र भिडियोमा ८८ वर्षकी महिन्दर झुकेको कम्मर हुँदा हुँदै पनि पंजाबका किसानसँग मिलेर केन्द्र सरकारको कृषि कानूनविरुद्ध आन्दोलनमा सरिक भएकी थिइन् ।
Respected MAHINDER KAUR JI 🙏🏾
Ah Sunn La Ni With Proof @KanganaTeam
Banda Ena V Ni Anna Hona Chaida..
Kush v Boli Turi jandi aa .. pic.twitter.com/Ie1jNGJ0J1— DILJIT DOSANJH (@diljitdosanjh) December 2, 2020
महिन्दर कौरको यो तस्वीर पछि सोसल मिडियामा उनको तुलना शाहिन बाग प्रदर्शनको अगुवाई गर्ने ‘बिलकिस दादी’ सँग पनि गर्न थालेका थिए । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले महिन्दर कौर नै ‘बिलकिस दादी’ भएको दाबी गर्न थाले ।
यसैबीच अभिनेत्री कंगना रनौतले बिलकिस र महिन्दर कौर दुबैको तस्बिर एकसाथ ट्वीट गर्दै लेखेकी थिइन्, ‘हाहा । यी तिनै हजुरआमा हुन् जसलाई टाइम म्यागजिनको १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरिएको थियो।।। र उनी सय रुपैयाँमा उपलब्ध छिन् ।’
Ooo Karan johar ke paltu, jo dadi Saheen Baag mein apni citizenship keliye protest kar rahi thi wohi Bilkis Bano dadi ji Farmers ke MSP ke liye bhi protest karti hue dikhi. Mahinder Kaur ji ko toh main janti bhi nahin. Kya drama chalaya hai tum logon ne? Stop this right now. https://t.co/RkXRVKfXV1
— Kangana Ranaut (@KanganaTeam) December 3, 2020
यसको जवाफमा कंगनाले लेखिन्, ‘ओ करन जोहरका घर पालुवा । जो हजुरआमाले शाहीन बागमा आफ्नो नागरिकताका लागि आन्दोलन गरिरहेकी थिइन् त्यो बिलकिस बानो हजुरआमा किसानका लागि पनि आन्दोलन गरिरहेको देखिइन्, महिन्दर कौरजीलाई म त चिन्दिनँ । के नाटक चलाइरहेका छौ तिमीहरुले ? यसलाई तुरुन्त बन्द गर
I used to have immense respect for @KanganaTeam, I even tweeted in support when her office was demolished. I now think I was wrong, Kangana being a woman you should show the old lady some respect. If you have any ettiquete then apologise. Shame on you.. pic.twitter.com/FqKzE4mLjp
— King Mika Singh (@MikaSingh) December 3, 2020
त्यसपछि दिलजीतले ट्वीट गरे, ‘तिमीले जति जनासँग काम गरेकी छौं, तिमी ती सबैको घर पालुवा हौ ? त्यसो हो भने त मालिकको सूची त लामो हुनेछ । हामी बलिउड वाला होइनौं, पञ्जाबी हौं । झुटो बोलेर मानिसहरुलाई भड्काउन र भावनासँग खेल्न त तपाईंलाई राम्रोसँग आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया