सुनचाँदी व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा पुस २४ र २५ गते हुने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशन पुस २४ र २५ गते काठमाडौंमा हुने भएको छ ।

महासंघको मंसिर १८ गते काठमाडौंमा आयोजित १९ औं पुर्णबैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं बार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महासंघले सर्वसम्मत रुपमा सो निर्णय गरेको हो ।

यसअघि कोरोना महामारीका कराण महासंघको साधारण सभा सर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?