काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तहमा देखिएको विवादका विषय समाधानका लागि छलफल भएको छ । बैठकमा अध्यक्षद्वयको पत्रको विषयमा पनि छलफल भएको थियो । दुवै अध्यक्षको प्रस्तावलाई साझा विषय बनाएर आगामी मङ्सिर १८ गते हुने स्थायी कमिटि बैठकमा लैजाने वा अलग अलग रुपमा लैजाने भन्ने विषय पनि कुराकानी भएको छ ।
बैठकपछि पत्रकारले राखेको राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शनबारे एक प्रश्नको जवाफ दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “प्रतिगामी शक्तिले प्रतिगमनको अभ्यास नगरे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केहि कमजोरी र गल्ति भएका छन् भने समिक्षा गरेर सुधारेर अघि बढ्छौ तर जनताद्वारा चुनिएको शक्तिको कुनै विकल्प नखोजे हुन्छ ।”
नेकपा विवाद चुलिएका बेला अध्यक्षद्वयले छुट्टै प्रस्ताव यसअघिका सचिवालय बैठकमा प्रस्ताव पेश गरेका थिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट राजनीतिक प्रस्तावका बारेमा छलफल गरिएकाले आजको बैठकलाई महत्वपूर्ण मानिएको हेरिएको थियो ।
यो पनि पढ्नुहोस्
महासचिव पौडेललाई केक खुवाउँदै शुरु भयो सचिवालय बैठक, वामदेवले भने- ‘१०० बर्ष बाँच्नुहोस्’
नेकपा सचिवालय बैठकः पत्रकारलाई बालुवाटारको गेटमै रोकियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया