सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अन्ततः ‘कि वार कि पार’ को अवस्थामा पुगेको छ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेका छुट्टाछुट्टै प्रतिवेदनले विवादलाई कि वार कि पारको अवस्थामा पु-याएको हो। कार्यकारी अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनलाई ओली पक्षले आरोपपत्र मान्दै त्यसको जवाफ पेस गरेको र दाहाल पक्षले त्यही प्रतिवेदनलाई सचिवलाय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर पास गराउने योजना बनाएपछि लडाइँ वारपार हुन लागेको हो।
‘दुवै नेताले आफ्नो दलिल पेस गर्नुभएको छ। यसलाई सबै हिसाबले टुंगो लगाओस्, पार्टीलाई विवादमुक्त गरोस् भन्ने आम नेताकार्यकर्ताको धारणा छ,’ नेकपा उच्च स्रोतले भन्यो, ‘तर भनेजस्तो सहज छैन। विवादले पार्टीलाई निकै कठिन मोडमा प-याएको छ।’ दुवै पक्ष कुनै न कुनै रूपमा अहिलेको विवाद टुंग्याउने पक्षमा छन्। ओली समूह दाहालको प्रतिवेदन फिर्ता गरे भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्ने पक्षमा रहेको र दाहाल पक्ष बहुमतको निर्णयबाट ओली समूहलाई तह लगाउने अवस्थामा पुगेकै कारण विवाद वारपार हुने चरणमा रहेको स्रोतले जनायो। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया