सरकारले काठमाडौं उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थाले पनि न्यून सहभागिता देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं महानगरभित्र तीन हजार जनाको एन्टिजेन टेस्ट गर्न प्राविधिकलाई समुदायमा पठाए पनि पहिलो दिन परीक्षण गर्न आउनेको संख्या न्यून देखिएको हो ।
ईडीसीडीको टोली सोमबार कोरोनाको हटस्पट मानिएको काठमाडौंका विशालनगर, धुम्बाराही, चाबहिल, मित्रनगर, बत्तीसपुतली, गुहेश्वरी, पशुपति क्षेत्रमा परीक्षण गर्न खटिएका थिए । एउटा वडामा दुईवटा बुथ राखेर परीक्षण गरिएको हो । एउटा वडाबाट कम्तीमा ५ सय जनासहित १५ सय जनाको परीक्षण गर्ने योजना भए पनि ७ सय २० जनाको मात्रै परीक्षण भएको छ । तीमध्ये ४३ जनामा पोजिटिभ देखिएको छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया