काठमाडौँ । ‘वाई वाई ग्लोकल टिन हिरो २०२०’ का अन्तिम ६ प्रतिष्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिष्पर्धीको नाम घोषणा भएको हो ।
किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो । हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।
ग्लोकल प्रा ली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छनः
एकराज घिमिरे, १८, बातावरण विद्, पाल्पा
मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्य अभिएन्ता , रामेछाप
रीत काफ्ले, १८, शिक्षक, बिराटनगर
सुभाश शर्मा, १७, कोडर, जनकपुर
सुलव सुबेदी, नवप्रबर्दक, १८, इलाम
वैभव नाहटा, १८, उद्द्यमी, बिराटनगर
नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट एकजना सम्मनित भएका छन ।
वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोर किशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । अब अन्तिम ६ प्रतिस्पर्धीको एकसाता सम्म क्षमता विकास तालिम हुनेछ । एसएमएस भोटिंङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तरबार्ताको आधारमा यो बर्षको टिन हिरो छानिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया